 
	    एजेन्सी । भारतको मुम्बईमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिएर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण रहेका छन् । अन्य यात्रुको उद्धार गरिएको छ ।
गेटवे अफ इण्डियाबाट एलिफेन्टा टापुसम्म जाँदै गरेको डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।
गेटवे अफ इन्डियाबाट ८.२५ किलोमिटर टाढा रहेको जवाहरद्वीप भन्ने बुचर टापुमा डुङ्गा पल्टिएको बताइएको छ ।
नौसेनाको प्रारम्भिक अनुसन्धान अनुसार नौसेनाको जहाजको इञ्जिन खराब भएको देखिएको छ । महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस र भारतीय नौसेनाले दुर्घटनाको दुई छुट्टाछुट्टै छानबिन गर्न आदेश दिएको बताइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्