काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले वैज्ञानिक विधिबाट माटोको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार कृषि विभागले माटो दिवसको अवसरमा ललितपुरमा गरेको कार्यक्रममा बोल्दै कृषिसचिव शर्माले यस्तो बताउनुभएको हो ।
कृषिसचिव शर्माले पछिल्लो समय प्राकृतिक माटोमा विभिन्न खालका दोहन र रासयनिक मलको कारण खाद्य तत्वहरुको कमी भइरहेको बताउनुभयो । उहाँले एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको विभिन्न तथ्याङ्कले देखाएको बताउनुभयो ।
उहाँले माटोको दैनिक रुपमा खाद्य तत्व (स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको बताउनुभयो । उहाँले माटोमा खाद्य तत्व र उत्पादन क्षमता बढाउनको लागि वैज्ञानिक व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको पहाड र तराईको माटोको छुट्टा-छुट्टै वर्गिकरण गर्न आवश्यक रहेको भन्दै तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषिसचिव शर्माले अहिलेसम्म तराई र शहरी क्षेत्रको माटो भन्दा पहाडको माटो कृषि उत्पादनको लागि ठिक रहेको बताउनुभयो । उहाँले पहाडमा गाईवस्तु पालेर अग्र्यानिक मलहरुको प्रयोग हुने गरेकाले माटो ठिक रहेको बताउनुभयो ।
कृषिसचिव शर्माले १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको देखिएको भन्दै माटोको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेसम्म मानिसहरुले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुने गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्