५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


बालिकाको बाह्र तय्गु पूजा गरियो


2.574k
Shares

काठमाडौं । नेवारी चलन अनुसार बालिकाहरुको बाह्र तय्गु अर्थात गुफा राख्ने परम्परा सामूहिक रुपमा हुन थालेका छन् ।

बालिकालाई १२ दिनसम्म गुफा राख्ने चलन भएता पनि अहिले सामूहिक रुपमा दुई/तीन दिन मात्र राख्न चलन शुरु भएको हो ।

यसै बिच आज झीगु बाह कार्यक्रम केन्द्र, डल्लु, काठमाडौंले सामुहिक रुपमा बाह सम्पन्न गरेको हो । नेवार परम्परा अनुसार बालिकाको रजश्वला मासिकधर्म शुरु हुन भन्दा अगाडि १२ दिन सूर्यको किरण नर्छिने कोठामा बालिकालाई यौन तथा स्वास्थ्य शिक्षा दिने चलन रहेको थियो । त्यस बेला शारिरीक विकासक्रमका बारेमा आमा र धाई आमाले बालिकालाई शिक्षा दिने गरिन्थ्यो ।

अन्तिम दिन बालिकालाई सूर्य दर्शन गराई धान, चामल, अन्न र पैसा लगायतको सरसामान आमाबुबा, फुफु र मामाघरबाट दान दिएर गुफा राख्ने परम्परा सम्पन्न गरिन्छ ।