८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा ४ जना पक्राउ


1.131k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारतका ४ जना पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरू २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् ।