काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ ।
आयोगले आजदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्त गरेको हो ।
आयोगले ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो. ।
उपनिर्वाचनको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले सम्बन्धीत स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा यही कात्तिक ३० निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने छ ।
यस्तै आयोगले आजै उपनिर्वाचन हुने स्थानीय तह तथा वडामा मतदाताको अन्तिम नामावली समेत प्रकाशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्