काठमाडौं । काठमाडौंको सुन्धारामा नवनिर्मित धरहरा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ सालको भूकम्पले धरहरा भत्काएपछि भत्किएको धरहरा नजिकै नयाँ धरहरा बनाइएको हो । हालका लागि धरहरा चढ्न निशुल्क गरिएको छ ।
भूकम्पछि पुनर्निर्माण गरिएको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि बिहीबारदेखि खुला गरिएको छ । मन्त्रिपरिषद्ले २७ भदौमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो । सरकारले संविधान दिवसको अवसर पारेर सो कार्यान्वयन गर्ने निर्णय भएको हो । हाललाई धरहरा चढेको शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
भूकम्पले भत्काएको धरहरा पुनर्निर्माण भएपछि यहाँ चडेर दृश्य हेर्न उत्सुक भएका सर्वसाधारण को भनाइ यस्तो छ ।
एक पटक १ सय जनालाई धरहरा चढ्ने व्यवस्था गरिएको छ । चढनको लागि आवश्यक पर्ने टोकनको लागि अनलाइनको ब्यवस्था गरिएको निर्माण कम्पनीका प्रतिनिधि श्याम चन्द्र श्रेष्ठ बताउनुहुन्छ । धरहरा परिसरको उचित व्यवस्था र सुरक्षाको लागि नीजि कम्पनी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
२०७२ को भूकम्पले धरहरा भत्काएको थियो । त्यसपछि सरकारले भत्किएको धरहरालाई यथावत् राखी पहिला धरहरा रहेको नजिकै अर्को धरहरा बनाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७८ सालमै धरहराको उद्घाटन गरे पनि त्यसको तीन वर्षपछि फेरि ओली नै प्रधानमन्त्री भएको बेला सर्वसाधारणका लागि खुला गरिएको हो । ओलीले त्यसबेला निर्माण पूरा नहुँदै उद्घाटन गरेको भन्दै आलोचनासमेत भएको थियो । धरहरा भीमसेन थापाको पालामा निर्माण गरिएको थियो भने प्राकृतिक प्रकोपको कारण धरहरामा पटकपटक भूकम्पले क्षति पु¥याउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्