१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


राष्ट्रिय खेलकुदका लागि दशैँअघि नै भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री चौधरी


143
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच मन्त्री चौधरीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री चौधरीले शौँ राष्ट्रिय खेलकुदका सुसम्पन्न गर्न उत्साहका साथ सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको बताउनुभयो । उहाँले अबको केही दिनदेखि नै दशौं राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रुपमा शुरुवात हुने दाबी गर्नुभयो । उहाँले सबैभन्दा ठूलो चुनौतिको रुपमा ६ हजार खेलाडीहरुको लागि बस्ने र खाने होटलको व्यवस्थापन रहेको बताउनुभयो ।

मन्त्री चौधरीले उक्त व्यवस्थापन केही जटिल देखिए पनि सरकारले गम्भीरताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले दशैँअघि नै युवा नीति घोषणा गर्ने बताउनुभयो ।

मन्त्री चौधरीले अहिले सरकारलाई खेलाडीलाई रोजगारी, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्नुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले त्यसका लागि मन्त्रालयले पहल अघि बढाइरहेको बताउनुभयो । उहाँले युवाहरु विदेश पलायन हुनु पनि अहिलेको मुख्य समस्या रहेको बताउनुभयो ।