काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको आज एक सय ५९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
युवाकवि भट्ट विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका हुन् भने विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै उनको निधन भएको थियो ।
नेपाली साहित्यको श्रीवृद्धिका लागि युवाकवि भट्टले योगदान पु¥याएका थिए । नेपाली साहित्यमा शृङ्गार रसको थालनी गरेका भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यसै छापाखानामार्फत नेपालमा पत्रकारिताको शुरुवात भएको हो । युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण छापेका थिए ।
मोतीराम भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायतका कृतिहरु चर्चित छन् । भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्