१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


इनार सफा गर्ने क्रममा दाङमा २ जनाको मृत्यु


260
Shares

काठमाडौं । दाङमा इनार सफा गर्न इनारभित्र पसेका दुई जनाको निसासिएर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपालीको इनारभित्र निसासिएर मृत्यु भएको हो । दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न उनीहरु आज बिहान साढे १० बजेतिर इनारभित्र पसेका थिए ।

इनारबाट बाहिर निस्कन नसकेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तलुसीपुरबाट गएको टोलीले उनीहरुलाई इनारबाट निकालेको थियो ।

उनीहरुलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर लगिए पनि ११ बजे बिहान चिकित्सकले मृत घोषणा गरेको दाङ प्रहरीले जनाएको छ ।