पाल्पा । पाल्पाको तानसेनमा पनि गाईजात्रा पर्व मनाइएको छ ।
बाक्लो नेवार बस्ती रहेको तानसेनका टोल टोल र गल्लीबाट गाईजात्रा निकाल्ने परम्परा पछिल्लो समय भने घट्दै गएको छ ।
पछिल्लो समयमा मौलिक संस्कृति दिनहुँ हराउँदै जाँदा तानसेनमा पनि त्यसको असर देखिएको पाका पुरानाको भनाइ छ ।
गाउँ घर र स-साना शहरी क्षेत्रमा युवाहरु नभएकाले पनि यस्ता जात्राहरुको रौनक हराएको हो ।
प्रतिक्रिया दिनुहोस्