२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


युद्धविराम सम्बन्धी अमेरिकी प्रस्तावमा इजरायल सकारात्मक


728
Shares

एजेन्सी । अमेरिकाले हमास र इजरायलबीचको युद्धविरामका लागि अघि सारेको प्रस्तावप्रति इजरायल सकारात्मक देखिएको छ ।

इजरायलको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले इजरायलले युद्धविराम वार्तामा सहमति जनाएको बताउनुभएको हो । प्यालेस्टाइनी समुह हमासले सहमति जनाएपछि मात्रै थप वार्ता हुने बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछि पत्रकार सम्मेलन गर्दै ब्लिन्केनले युद्धविरामका लागि अझै महत्वपूर्ण चुनौतीहरू बाँकी रहेको जानाकारी दिनुभयो ।

ब्लिन्कनले इजरायल भ्रमणका क्रममा इजरायली राष्ट्रपति इसाक हर्जोगसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा ब्लिंकनले हमासले बन्धक बनाएकाहरुको मुक्तिका लागि तत्काल युद्धविराम गर्न र सबैलाई स्थायी शान्ति र सुरक्षाको बाटोमा लैजानका लागि यो अन्तिम अवसर भएको जानकारी गराउनु भएको थियो ।

अमेरिकाले युद्धविरामका लागि संशोधित प्रस्ताव पेश गरेको थियो । इजरायल भ्रमण सकेर अमेरिकी बिदेशमन्त्री ब्लिंकन आज इजिप्ट र कतारतर्फ लाग्नुहुनेछ ।