Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


शिक्षिकालाई हाजिर नगराउँदा पठनपाठन प्रभावित


1.1k
Shares

बारा । बाराको सिमरास्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा जनप्रतिनिधिले सरुवा भइ आएका शिक्षकलाई हाजिरी तथा पठनपाठनमा रोक लगाएका छन् ।

रोकपछि पठनपाठन प्रभावित भएको छ । माविका द्धितीय शिक्षीका सिता अधिकारीेलाई जितपुर सिमरा उपमहानगरका बडाअध्यक्ष धनबहादुर श्रेष्ठले २ महिनादेखि हाजिरी र पठनपाठनमा रोक लगाएको जनाईएको छ ।

दलगत स्वार्थ र गुटबन्दिको कारण उपमहानगरका सामुदायीक बिद्यालयमा एसईइको नतिजा दयनिय बनेको भन्दै शिक्षा समितीका संयोजक तथा उपमहानगरका मेयर राजन पौडेलले गत जेठ १७ गते उपमहानगरकाका विभिन्न विद्यालयमा कार्यरत माध्यमिक तहका ११ जना सहित ९५ जना शिक्षकको सरुवा गर्नुभएको थियो । शिक्षीका सिता अधिकारीले वडा अध्यक्ष श्रेष्ठले हाजिरमा रोक लगाउँदा आफुले काम गर्न नपाएको बताउनुभयो ।

नेपाल सरकारकोे नमूना विद्यालयमा सुचिकृत सो बिद्यालयमा करीब २ हजार बिधार्थी अध्ययनरत छन् ।

Skip This