एजेन्सी । क्रोएसियाको एक केयर होममा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।
क्रोएसियाको पूर्वी शहर दारुवरमा रहेको केयर होममा प्रवेश गरेको बन्दुकधारीले गोली प्रहार गर्दा एक कर्मचारीसहित ६ जनाको मृत्यु भएको हो । घटनालगत्तै भागेका ती ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा उनले दर्ता नगरेको बन्दुक बोकेको खुलासा भएको छ ।
यसैबीच क्रोएशियाका राष्ट्रपति जोरान मिलानोभिकले गोलीबारी घटनाबाट आफू स्तब्ध भएको बताउँदै बन्दुकको स्वामित्व सम्बन्धी नियमहरूप्रति कठोर नीति अपनाउने दाबी गर्नुभयो । देशमा हिंसा नियन्त्रणका लागि सबैमा आग्रह गर्दै उहाँले दोषीलाई कडा कारवाही गर्ने बताउनुभयो ।
गोली प्रहार गर्ने व्यक्तिका आमा विगत १० वर्षदेखि सोही केयरहोममा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । गोलीबारीको समयमा नर्सिङ होममा करिब २० जना रहेको क्रोएसियाका अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्