काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बिचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देशदिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ । अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची हुँदैन । विभिन्न राजनीतिक दलमा आवद्ध हो मिलेर काम गर्न सकिदैन भनेर कर्मचारीहरुको ब्राण्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरु हुने गरेका छन् । ब्राण्डिङमा विश्वास छैन । कामको परिणाममा विश्वास गर्छु ।’
अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकाल सर्वसाधरण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताउनुभयो । उहाँले अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएको बताउनु भयो ।
मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउँछ , अर्थमन्त्री पौडेल
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बिचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देशदिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ । अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची हुँदैन । विभिन्न राजनीतिक दलमा आवद्ध हो मिलेर काम गर्न सकिदैन भनेर कर्मचारीहरुको ब्राण्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरु हुने गरेका छन् । ब्राण्डिङमा विश्वास छैन । कामको परिणाममा विश्वास गर्छु ।’
अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकाल सर्वसाधरण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताउनुभयो । उहाँले अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्