Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


प्रतिनिधि सभाको बैठक बस्दै


299
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज अपरान्ह ३ बजे बस्नेछ ।

आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ भने आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रश्ताव प्रश्तुत गरिने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिनेछ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

ेयसैगरि भन्सार महशुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रश्ताव प्रश्तुत हुने, भन्सार महशुल विधेयक, २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले भन्सार महशुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

Skip This