काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई सतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभएको भएको छ ।
मंगलबार प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्ने बताउनुभएको हो ।
प्रमुख सचेतक बर्तौलाले बजेटलाई शत प्रतिशत कार्यान्वनय गर्न सरकारले आफ्नो सामथ्र्य देखाउनुपर्ने बताउनुभयो । उहाँले आएका सुझावहलाई अब आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडी बढ्ने बताउनुभयो ।
बजेट छलफलका क्रममा जेजस्ता कुराहरु उठेका भएपनि अब बजेट कार्यान्वयनमा सबै केन्द्रित हुनुपर्ने उहाँको भनाई छ ।










प्रतिक्रिया दिनुहोस्