
काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित थिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए । मतदानमा ३५ जना सदस्य सहभागी भएकोमा मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ मत परेको थियो । उपस्थित मध्ये एक सांसद तटस्थ बसेका थिए ।
मुख्यमन्त्री कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका थिए । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्मा उपस्थित भएनन् ।
कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्