१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


विश्वकप लिग २ : नामिबिया र नेदरल्याण्ड भिड्दै


1.508k
Shares

काठमाडौं । आईसीसी क्रिकेट वल्र्ड कप लिग टुमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली लिग टुमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।

पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्याण्ड नेपालसँग पराजित भएको थियो ।

नेदरल्याण्ड आजको खेलमा जित निकाल्दै अंक बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ ।