२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य


2.6k
Shares

काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कप क्रिकेटमा नेपालले पकिस्तानलाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४७.२ ओभरमा सवै विकेट गुमाएर १ सय ५२ रनको योगफल जोडेको हो ।

३६ ओभरमै ७ विकेट गुमाएर धर्मराएको नेपालको ब्याटिङलाई उकास्दै उत्तम थापा मगरले सर्वाधिक ५१ रनको अर्धशतकीय पारि खेले ।

दीपेश कँडेलले ५९ बलमा ३१ रन बनाए । ओपनर अर्जुन कुमालले ३७ बलमा २१ रन जोडे । पाकिस्तान यतिखेर जवाफी ब्याटिङमा उत्रिएको छ ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् ।