
काठमाडौं । चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि सुरु हुने भएको छ ।
प्रत्येक दुई वर्षको अन्तरमा बुल्समेन क्लब पोखराको आयोजनामा हुँदै आएको प्रतियोगिता आगामी शुक्रबार र शनिबार सानेपास्थित हेरिटेज गार्डेन सञ्चानल हुने भएको हो ।
बुधबार बुल्समेन क्लब पोखराले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । २०७१ सालदेखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करण २०७३ सालमा भएको थियो । २०७५ सालमा तेस्रो संस्करण भएपनि चौथो संस्करण भने निर्धारित समयमा नै हुन सकेन ।
२०७७ मा हुनुपर्ने चौथो संस्करण कोरोना महामारीका कारण हुन नसकेको हो । यस अघिका संस्करण पोखरामा आयोजना भएपनि आयोजकले पहिलो पटक उपत्यका केन्द्रित गर्दै प्रतियोगिता सञ्चालन गर्न लागेको छ । आयोजकका अध्यक्ष नुना गुरुङले प्रतियोगितालाई देशव्यापी रूपमा बनाउँदै प्रायोजक भित्राउने उद्देश्य अनुरूपमा उपत्यकामा खेल आयोजना गरिएको बताइन् । प्रतियोगितामा पुरुषतर्पm बडी बिल्डिङमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी तौलसमूह र ८० केजी तौलमाथि समूहमा प्रतिष्पर्धा हुने छ ।
पुरुषको फिजिकमा एक सय ७० सेमीभन्दा माथि र तल गरी नौ विधा समावेश गरिएको छ । महिलामा भने वेल्नेस र फिजिकमा खुला प्रतिष्पर्धा हुने छ । बडी बिल्डिङमा ओभरल च्याम्पियनले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । प्रत्येक तौलसमूहका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउने छन् । पुरुष तथा महिला फिजिकतर्पmका विजेतालाई एक लाख, उपविजेता ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपौयाँ प्रदान गरिने छ । प्रतियोगिता आयोजना गर्न ६५ लाख खर्च हुने आयोजकको अनुमान छ ।
त्यस्तै, आयोजकले प्रतियोगिताबाट करिव १५ लाख वचत हुने र सो रकम शारीरिक सुगठनको विकास र बुल्समेन खेलाडी अक्षयकोष स्थापना गरी खेलाडीको हकहीतका लागि खर्च गर्ने जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरका खेलाडीलाई तीन हजार भत्ता दिने र उनीहरूसँग दर्ता शुल्क एक हजार रूपैयाँ लिने आयोजकका अध्यक्ष नुना गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि अहिलेसम्म एक जना खेलाडीले नाम दर्ता गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्