
काठमाडौं। इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनलाई १–० ले हराएको छ ।
एभर्टनको मैदानमा गएराति भएको खेलमा आर्सनलको लागि लियान्द्रो ट्रोसार्डले गोल गरे । ट्रोसार्डले ६९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बन्यो ।
गएराति भएको अर्को खेलमा चेल्सीलाई बर्नमाउथले गोलरहित बराबरीमा रोकेको छ । यो सिजन पनि खराब सुरुवात गरेको चेल्सीमाथिको दबाब गएरातिको खेलपछि झनै बढेको छ ।
प्रिमियर लिगको अंक तालिकामा गएरातिका खेलहरुपछि ५ खेलबाट १५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । टोटनह्याम हट्सपर, लिभरपुल र आर्सनलको समान १३ अंक छ भने १२ अंक जोडेको ब्राइटन पाँचौ स्थानमा रहेको छ । ५ खेलबाट ५ अंक मात्रै जोडेको चेल्सी चौधौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्