२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


सप्तकोसीमा डुबेर भारतिय नागरिकको मृत्यु


598
Shares

सुनसरी । सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिक १९ वर्षिय अमर कुमार मेहताको मृत्यु पुष्टि भएको छ ।

सोमबार सप्तकोसी नदीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सिग्देलले जानकारी दिनुभएको हो ।

भारतको सुपौल जिल्ला बैधनाथ निवासी कोशी ब्यारेजमा काम गर्ने भारतीय नागरिक बाबु कृष्ण देव मेहतालाई भेटन आएका कुमार मेहता सप्तकोसीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

उनको शव बराह बाहिनी मुख्यालय सुनसरीको गोताखोर सहितको प्रादेशिक बिपद् व्यवस्थापन टिमले फेला पारेको सशस्त्र प्रहरी बलका नायब उपरिक्षक सिग्देलले बताउनुभयो ।