काठमाडौं । रूपा गाउँपालिकामा मोटरसाइकल शनिबार साँझदुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ ।
लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट रूपातालतर्फ जाँदै गरेको मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्राको सडकबाट खसेको हो । घुम्ती सडकबाट मोटरसाइलक करीब १ सय मिटर तल झरेको थियो ।
उनीहरुलाई उपचारका लागि पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्