काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिगमा आर्मीले चर्च ब्वाईज युनाईटेडलाई हराएको छ । दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले चर्च ब्वाईजलाई १–० ले हराएको हो ।
आर्मीको जितमा जिलेस्पी जंग कार्कीले ४३ औं मिनेटमा विजयी गोल गरे । जितसँगै ए डिभिजन लिगको उपाधि होड थप पेचिलो बन्ने देखिएको छ ।
चर्च ब्वाईजलाई लिग तालिकामा तीन अंकको अग्रता लिने अवसर प्राप्त थियो । तर कमजोर मानिएको आर्मीले राष्ट्रिय खेलाडीले भरिएको चर्चलाई १–० ले स्तब्ध बनायो ।
जितसहित आर्मी उपाधि होडमा फर्किएको छ । उसले १७ खेलबाट २४ अंक जोडेको छ । चर्च ३० अंकसहित दोस्रो स्थानमा यथावत छ ।






प्रतिक्रिया दिनुहोस्