काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ५७ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ।
जारी आईपीएलमा साेमबार राति भएकाे खेलमा हैदरावादले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमै समेटियो । हैदरावादका लागि इशान किशनले ९१ रनको उत्कृष्ट इनिङ्स खेलेका छन्। ४४ बलमा उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए । हाइनरिक क्लासेनले २६ बलमा ३ छक्का र १ चौकासहित ४० रन जोडेका हुन्।
राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिएका छन्। बलिङतर्फ हैदरावादका प्रफुल हिङ्गे र साकिब हुसैनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका हुन् । २४ वर्षीय विदर्भका बलर हिङ्गेले पहिलो ओभरमै ३ विकेट लिएर १८ वर्षे उमेरमा नयाँ इतिहास बनाएका छन् । अर्का डेब्यू खेलाडी साकिब हुसैनले पनि सानदार बलिङ गर्दै ४ विकेट लिएका हुन् । राजस्थानका लागि डोनाभान फरेराले अर्ध शतक बनाएका हुन्
४४ बलमा उनले ७ चौका र ३ छक्कासहित ६९ रन जोडेका छन्। ५ खेलमा ३ हार र २ जितसहित हैदरावाद ४ अंकसहित तालिकाको चौथो स्थानमा रहेकाे हाे । ५ वटै खेल खेलेको राजस्थान ४ खेलमा जित र १ खेलमा पराजित हुँदै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ ।
त्यस्तै, आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । खेल मंगलबार राति पौने ८ बजेदेखि चेन्नईमा हुने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्