१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


फिफा उत्कृष्ट खेलाडीमा रोनाल्डो, मोड्रिक र सालहको नाम मनोनयनमा


0
Shares

काठमाडौं । विश्व फुटबल महासंघ ९फिफा०ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।

क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो ।

यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् ।

उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परेका थिए ।