
काठमाडाैं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आमन्त्रित टोली रुसले लगातार दोस्रो जित निकालेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भुटानलाई ९–१ गोल अन्तरले हराउँदै रुसले दोस्रो जित निकालेको हो । लगातार दोस्रो जित निकालेको आमन्त्रित टोली रसियाले २ खेलमा ६ अंक जोडेको छ ।
रुस शीर्ष स्थान रहेको छ । रुसले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ ।
अब रुसले तेस्रो खेलमा आइतबार नेपालसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
प्रतिक्रिया दिनुहोस्