Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


कैलालीमा १४ वर्षीया बालिका बलात्कृत


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ १६ । कैलालीमा एक बालिका बलात्कृतको घटना सार्वजनिक भएको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर–६, बछुरियामा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बछुरिया बस्ने ३३ वर्षीय हर्क कुँवरले घरमा कोही नभएको मौकाछोपी भदौ १३ गते राति १० बजेतिर बालिकालाई बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

प्रहरीले फरार अभियुक्तको खोजी गरिरहेको छ ।

१३ गते रातिको घटना पनि शुक्रबार रातिमात्रै प्रहरीकहाँ जानकारी आएको प्रहरी निरीक्षक जोशीले बताए ।

पीडित बालिकाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कक्षा–७ मा अध्ययनरत् बालिका बछुरियामा बाजेसँग बस्दै आएकी थिइन् । बाजे घरमा नभएको समयमा कुँवरले उनको बलात्कार गरेको जनाइएको छ ।

बालिकाका आमा–बुवा अछाममा बस्दै आएका छन् ।