२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै


299
Shares

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा शनिबार दुई खेल हुँदैछन् ।

पहिलो खेल समूह ‘बी’ मा रहेका इंग्ल्याण्ड र वेस्ट इण्डिजबीच नेपाली समयअनुसार साँझ पौने ७ बजेबाट सुरू हुनेछ ।

दोस्रो खेल समूह ‘ए’ मा रहेका साबिक विजेता अष्ट्रेलिया र न्युजिल्याण्डबीच नेपाली समयअनुसार राति पौने ११ बजेबाट सुरू हुनेछ ।

दुवै खेल पार्लस्थित बोल्याण्ड पार्कमा हुनेछ ।

शुक्रबारबाट सुरु विश्वकपको उद्घाटन खेलमा श्रीलंका विजयी सुरुवात गरेको छ । शुक्रबार न्युल्याण्ड्समा भएको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिकालाई ३ रनले पराजित गरेर श्रीलंकाले सुखद सुरूवाात गरेको हो ।

प्रतियोगिता २६ फेब्रुअरीसम्म चल्नेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।