Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


फेरी बढ्याे सुनचाँदीको मूल्य


2k
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

गत शुक्रबार तोलामा तीन हजार रूपैयाँले घटेको सुनको मूल्य आइतबार भने प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी आइतबार पाँच हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ९५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार आठ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।