Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा आज नेपालले इटलीकाे सामना गर्दै


312
Shares

काठमाडाैं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीको दोस्रो खेलमा नेपालले आइतबार इटलीकाे सामना गर्ने भएकाे छ।

खेल अफ्रिकी मुलुक रुवाण्डाको किगालीमा रहेको गहंगा क्रिकेट ओभलमा नेपाली समय अनसार आइतबार साँझ पौने ५ बजेदेख शुरु हुने भएकाे हाे । नेपाल र इटालीको महिला टोली एकअर्काविरुद्ध पहिलो पटक भिड्न लागेका हुन् । जारी प्रतियोगितामा दुबै टोलीको यो दोस्रो खेल हो । प्रतियोगिताको पहिलो खेलमा नेपाललाई अमेरिकाले ४४ रनले हराएको थियो भने इटलीले घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल र इटलीसँगै रुवाण्डा, भानुआटु र अमेरिका सहभागी छन् । एसोसिएट देशहरुमा महिला क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सुरुवात गरेको प्रतियोगिताको यो पहिलो संस्करण हो । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।