Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


शत्रुताको स्थायी अन्त्यका लागि इरानी उपपरराष्ट्रमन्त्री सईदकाे आह्वान

तेहरान क्षेत्रमा द्वन्द्वको चक्र अन्त्य गर्न प्रतिवद्ध

234
Shares

एजेन्सी । इरानका उप–परराष्ट्रमन्त्री सईद खतिबजादेले तेहरानले शत्रुताको स्थायी अन्त्यका लागि आह्वान गरिरहेको बताउनुभएको छ ।

उहाँले अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा आफूहरुको क्षेत्रमा युद्धविराम आवश्यक रहेको बताउनुभएको हो । तेहरान क्षेत्रमा द्वन्द्वको चक्र अन्त्य गर्न प्रतिवद्ध रहेको उहाँले बताउनु भयो ।

आफूहरु यो शत्रुता अन्त्य गर्न धेरै प्रतिवद्ध रहेको र यस क्षेत्रमा यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न चाहेको बताउनुभएकाे छ।