Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


ईवा वर्ल्ड वुमन्स बक्सिङका लागि चन्द्रकला, संगीता र सरस्वती छनौट


39
Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा यही मार्च १३ देखि २७ तारिखसम्म आयोजना हुने ईवा वल्र्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ का चन्द्रकला थापा, संगीता सुनार र सरस्वती रानामगर छनोट भएका छन् ।

बुधबार सातदोबाटोमा भएको खुला छनोट प्रतियोगिताको ५७ केजी तौल समूहको फाइनल खेलमा आर्मीकी चन्द्रकला थापाले झापाकी सुस्मिता राईलाई पराजित गर्दै छनोट भएकी हुन् । उनले ५ अंकको आधारमा पराजित गर्दै छनौट भएकी हुन् । यस्तै ६० केजी तौल समूहको फाईनल खेलमा एपीएफकी संगीता सुनारले आर्मीकीनिरु गुरुङलाई ४ः१ अंकको आधारमा पराजित गर्दै छनौट भइन् भने ७५ केजी तौल समूहको फाइनल खेलमा एपीएफकी सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनौट भइन् ।

यस्तै, बुधबार नै सम्पन्न फ्लाई लाईट ५० केजी तौल समूहको सेमिफाइनल खेलहरुमा एचटुओकी अस्मिता दुआलले आरडीएक्सकी रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा पराजित गरिन् भने सोही तौल समूहमा नेपाल प्रहरीकी दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४ः१ को स्पिलट डिसिजनको आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । ५० किलो तौल समूहको फाईनल खेल बिहीबार हुने छन् ।

Skip This