८ असार २०८१, शनिबार | Sat Jun 22 2024


जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित


52
Shares

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाही र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित भएको छ ।

सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव भएको हो । तीन जना प्रशासकीय अधिकृतको दरबन्दी रहेको कार्यालयमा दुई जना प्रशासकीय अधिकृत कार्यरत रहेका छन् ।

प्रशासकीय अधिकृत राजकुमार थापा मात्रै हुँदा काम प्रभावित भएपछि इलाका प्रशासन कार्यालय हरिवनका प्रशासकीय अधिकृत गुणराज भुजेललाई जिल्ला प्रशासन कार्यालय मलङ्गवामामा खटाइएको छ । दुई जना प्रशासकीय अधिकृत मध्ये थापा पनि एक साताका लागि बिदामा बसेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अधिकृत भुजेल एक जना मात्रै छन् ।

यता इलाका प्रशासन कार्यालय हरिवनमा कार्यालयमै कार्यरत नायब सुब्बा रञ्जितकुमार साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । इलाका प्रशासन कार्यालय बरहथवा पनि अहिले नायब सुब्बाकै भरमा रहेको छ ।