१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


३० लाख बढीको लागुऔषधसहित पाँच जना पक्राउ


91
Shares

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपलिका बस्ने कैलाश बिक, सिन्धुलीको कमलामाई नगरपलिका ४ का मनोज थापा मगर र सोही ठाउँका राम कुमार श्रेष्ठ,मनोज थापा मगर र सिन्धुलीको कमलामाई नगरपलिका ११ का बिमल चौहान रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले टेकुस्थित सडक किनारमा रोकी राखेको विरगञ्जबाट काठमाडौं चल्ने ना.१ ज.५५२४ नम्बर को भाडाको टाटा सुमो गाडी खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध बरामद भएकाे छ ।