काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
बुधबार तोलामा चार हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्यय बिहीबार प्रतितोला ८ हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बिहीबार चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला ९५ रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार दुई सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्