 
	    काठमाडौं । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ ।
राहदानी विभागमा दैनिक १५ सयका दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न सक्नेछन् ।
हरेक दिन १५ सयले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा फारम भर्न सकिने विभागको भनाइ छ । थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले स्पष्ट पारेको छ ।
समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जाने पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिने छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्