Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सुदूरपश्चिमका थोरै स्थानसहित गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली–पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षा


0
Shares

काठमाडौँ । मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास सक्रिय न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी र लुम्बिनीका केही क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली–पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति पनि सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागमा सामान्य बदली रहनेछ। ती क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Skip This