सूर्य नेपाल गल्फ मंगलबारबाट सुरु « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


सूर्य नेपाल गल्फ मंगलबारबाट सुरु


52
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट हुने भएको छ ।

प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरीयता बनाएका शिर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् ।

शिर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो ।

काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबको कोर्समा आयोजना हुने तीन दिने प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्ने छन् ।

यस्तै, क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणबाट बाहिरिने गल्फरले नगद ६ हजार पाउने छन् । मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुने छ ।

बिहीबार अन्तिम दिन फाइनल हुने छ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुने छ ।