
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा अत्यधिक चिसोका कारण पानी जम्न थालेको छ । खुम्बु क्षेत्रमा अहिले पिउने पानीको समस्या समेत भएको छ ।
दिउँसो घाम लागे पनि जमेको पानी पग्लिन नसक्दा दैनिकी कष्टकर बन्नेको स्थानीयले बताएका छन् । खुम्बु क्षेत्रमा खानेतेल र घरभित्र राखेको पानीसमेत जमेर ढिक्का बन्ने गरेको उनीहरुले बताएका छन् ।
यतिबेला खुम्बु क्षेत्रका अधिकांश बासिन्दा तथा होटल व्यवसायी जाडो छल्न जिल्ला बाहिर गएका छन् भने चिसोका कारण पालिकाभित्रका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द भएका छन् ।
यस वर्ष हिउँ नपरे पनि चिसोका कारण पानी जम्न थालेको हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार त्यस क्षेत्रको तापक्रम घटेर माइनस १० डिग्रीसेल्सियस सम्म पुग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्