Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


सविन श्रेष्ठको अध्यक्षतामा लायन्स क्लब दक्षिणकाली गठन


819
Shares

काठमाडौं । लायन्स क्लब जिल्ला ३२५ एच अन्तर्गत काठमाडौंको दक्षिणकालीमा ‘लायन्स क्लब अफ काठमाडौं दक्षिणकाली’ गठन भएको छ ।

युवाहरुको क्षमतामा अभिवृद्धि साथै युवाहरुलाई समाज सेवामा सहभागी गराउने उद्देश्यका साथ झण्डै ३ वर्ष अघि लियो क्लबमा आवद्ध युवाहरुको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं दक्षिणकालीले सविन श्रेष्ठको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा श्रीराम श्रेष्ठ, द्वितिय उपाध्यक्षमा दिलिप केसी, सचिवमा रोशन बस्याल र कोषाध्यक्षमा सन्ध्या भुजेल चयन भएका छन् भने सगुन थापाले सह-सचिव र अजय खत्री केसीले सह-कोषाध्यक्षको जिम्मा पाएका छन् ।

क्लबको एल.सि.आइ.एफ कोअर्डिनेटरको जिम्मेवारीमा प्रकाश विशुन्के हुनुहुन्छ । जसले अन्तर्राष्ट्रिय लायन्स क्लबसँग आफ्नो क्लबका समग्र गतिविधि र कार्यक्रममा समन्वय गर्न दुतको रुपमा काम गर्ने छन् ।

हाल २० जना संस्थापक सदस्य रहेको यस क्लबले ‘हामी काममा विश्वास गर्छौं’ भन्ने मूल नाराका साथ लायन्स क्लबका मुख्य उद्धेश्य प्राप्तिसँगै शिक्षा, स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नव नियुक्त क्लब अध्यक्ष श्रेष्ठले बताउनुभयो । श्रेष्ठले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने र क्लबलाई कार्य सम्पादनको आधारमा उत्कृष्ट बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

लायन्स क्लब जिल्ला ३२५ एच का गभर्नर साथै कार्यक्रमका प्रमुख अतिथि लायन दिनेश प्रसाद श्रेष्ठले क्रमशः क्लबका पदाधिकारी र संस्थापक सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

लायन्स क्लब अफ काठमाडौं दक्षिणकालीलाई लायन्स क्लब अफ काठमाडौं डाउन टाउन र लायन्स क्लब अफ काठमाडौं कीपूले स्पोन्सर गरेको हो ।