हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ : रञ्जिता श्रेष्ठ « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ : रञ्जिता श्रेष्ठ


481
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ भन्दै व्यङ्गय गर्नु भएकाे छ ।

निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाउनुभयाे ।

उहाँले टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको जिकिर गर्नुभयाे ।

चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयाे । टिकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसदमा लडिरहने बताउनु भयाे ।