एलिना चौहानको ‘एक झल्को’ बोलको गीत सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


एलिना चौहानको ‘एक झल्को’ बोलको गीत सार्वजनिक


351
Shares

काठमाडौं। चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीत सार्वजनिक भएको छ ।

सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ ।

सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको उक्त गीतको भिडियोमा गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै नसक्ने भाव ब्यक्त गरेकी छन् ।

सार्वजनिक उक्त गीतमा गायिका एलिना नै फिचर छिन् । वास्तवमा यो गीत गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेका हुन् । जोसँग उनले पछि विवाह गरे । गीतलाई सुरजले प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन लक्ष्मन चौहानले गरेका हुन् । भिडियो गीतकार सुरजकै अफिसियल च्यानल सुरज प्रभा (एसपी) प्रोडक्सनबाट बजारमा आएको हो ।

पेशाले सुरज सिभिल इञ्जिनियर हुन् । परिवारसहित क्यानडामा रहेका सुरजले यसअघि ‘ए माया जूनकिरी’ बोलको गीतको भिडियो निर्माण गरिसकेका छन् । जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ ।