उद्योगमन्त्री बडूसँग महासंघका पदाधिकारीको भेट « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


उद्योगमन्त्री बडूसँग महासंघका पदाधिकारीको भेट


91
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ ।

उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै मंगलबार मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेट गरेको हो ।

यसअघि पनि उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहालसँगसमेत भेट गरेको थियो ।

मुलुकको अर्थतन्त्र जोगाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि उद्योग मन्त्रीसँग भेट गरिएको महासंघले जनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको विषयमा जानकारी दिनको लागि महासंघले भेट गरेको बताउनुभयो । उहाँले उद्योग मन्त्रीसँग पछिल्लो समय बजारमा देखिएको तरलता समस्याले उद्योग व्यवसायमा परेको समस्या कसरी सहज बनाउने विषयमा ध्यानाकर्षण गराएको बताउनुभयो ।

महासंघले पछिल्लो समय शीर्ष नेताहरूसमक्ष अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षालेसमेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गर्न माग गर्दै आएको छ ।