भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


845
Shares

काठमाडौं । मध्यपुर थिमि नगरपालिका–६ हुकाम ओरालोमा शनिबार राति गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको मध्यपुर थिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका–७ गोलमढी बस्ने ३२ वर्षीय सुनिल ग्वाछाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुबै सवारी साधन र गाडीका चालक सिन्धुलीको फिक्कल गाउँपालिकाका २७ वर्षीय दाताराम पहाडीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान अघि बढाएको डिएसपी पाण्डेले बताउनुभयो ।