एपीएफलाई प्रधानमन्त्री कपको उपाधि « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


एपीएफलाई प्रधानमन्त्री कपको उपाधि


273
Shares

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हाे ।

उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा पुरस्कार प्राप्त गरेको छ । त्यस्तै सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।