काठमाडाैं । टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा भित्रिएको छ । टीभीएस मोटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज काठमाण्डौंमा टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको हो ।
टीभीएसका ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले यस मोडलको बजार प्रवेश गर्नुभएको हो । जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल र उपाध्यक्ष दीपक रौनियारले आकर्षक, सुविधासम्पन्न एवं मूल्य प्रतिस्पर्धी यो बाइक पनि चाँडै नै नेपाली ग्राहकमाझ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो ।
टीभीएसको नयाँ मोडल सार्वजनिकसंगै जगदम्बा मोटर्सले भृकुटीमण्डपस्थित प्रदर्शनी गृहमा एक्सचेन्ज मेला पनि आयोजना गरेको छ ।
मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट, उपहार तथा आकर्षक फाइनान्सको समेत सुविधाप्राप्त गर्ने कम्पनीले जनाएको छ । मेला आगामी शनिबारसम्म सञ्चालन हुने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्