 
	    सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर क्षेत्रमा फोरजी विस्तारका लागि थामडाँडामा रिपिटर टावर निर्माण गरिने भएको छ ।
सगरमाथा क्षेत्रको सञ्चार सेवालाई अब्बल बनाई आधारशिविरसम्म फोरजी सेवा पुर्याउन खुम्बु पासाङल्हामु गाउँपालिका १ थामडाँडामा नेपाल टेलिकमले रिपिटर टावर निर्माण गर्न लागेको हो । टावर निर्माणका लागि टेलिकमका उपप्रबन्धक दिनेशचन्द्र पन्थीको नेतृत्वमा प्राविधिक टोली स्थलगत सर्वेमा खटिएको छ । उक्त टोली थामडाँडा पुगी रिपिटर टावर निर्माण गर्ने स्थान र लिङ्कको विषयमा अध्ययन सुरू गर्ने जनाइएको छ ।
हाल डाँडाखर्कस्थित रिपिटर टावरबाट लिंक भइरहेको टेलिकमको सेवा दूरी टाढा हुँदा भरपर्दो नभएकाले थामडाँडामा टावर निर्माण गरि पत्ताले–टाक्सिन्दु–थामडाँडामा लिंक गरिने उपप्रबन्धक दिनेशचन्द्र पन्थीले जानकारी दिनुभयो ।
थामडाँडामा एक वर्षभित्रमा काम सुरू गरि १८ मिटर अग्लो टावर निर्माण गर्न लागिएको हो । टावर सगरमाथा आधारशिविर क्षेत्रमा विस्तार गरिने फोरजीको आधार हुने उपप्रबन्धक पन्थीको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्