Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


तालमेलका लागि सम्भावित क्षेत्र छाडेर एमालेले टुंगो लगायो उम्मेदवार


1.4k
Shares

काठमाडौं । नेकपा (एमाले) ले केही निर्वाचन क्षेत्र तालमेलका लागि छाड्दै प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरण टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सम्भावित तालमेलका निर्वाचन क्षेत्र बाहेक अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको एमालेले जनाएको छ ।

एमालेमा टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।

एमालेले गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पाटीसँग तालमेलको प्रयास गरेको छ । तालमेलको सम्भावित क्षेत्र छोडेर टिकट वितरण गर्दा एमालेले शीर्ष र प्रभावशाली नेतालाई प्राथमिकतामा परेका छन् । निर्वाचन क्षेत्र र जिल्ला कमिटीबाट सिफारिस हुँदा नै पदाधिकारीसहित शीर्ष नेताको नाम एकल रुपमा सर्वसहमत सिफारिस भएको थियो ।

त्यसैअनुसार, ओली झापा–५, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५, उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–३, उपाध्यक्ष सुवास नेम्वाङ इलाम–२, महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१, सचिवहरु गोकर्ण बिष्ट गुल्मी–२, छबिलाल विश्वकर्मा रुपन्देही–१, लेखराज भट्ट कैलाली–४, टोपबहादुर रायमाझी अर्खाघाचीबाट उम्मेदवार बन्ने भएका छन् ।

निर्वाचन नलड्ने घोषणा गरेका उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई पनि टिकट दिइएको एमालेले जनाएको छ । शाक्यलाई काठमाडौं–८ को उम्मेदवार बनाइएको छ भने बादललाई काठमाडौं–१० बाट उम्मेदवार बनाउने तयारी छ । तर एकल रुपमा सर्वसहमत सिफारिस भएर पनि कतिपय नेताले भने टिकट नपाउने भएका छन ।

एकल सिफारिस भएर पनि टिकट नपाउनेमा पूर्व उपाध्यक्ष भीम रावल अग्रभागमा हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशकै नेता रावलको नाम अछाम–१ बाट सर्वसम्मत रुपमा एकल सिफारिस थियो । तर, रावलको साटो सिफारिस नै नभएका झपट बोहोरालाई एमालेले टिकट दिएको छ ।

रुपन्देहीमा पनि ओलीले नेता घनश्याम भुषाललाई टिकट नदिने बुझिएको छ । एमाले फुटको समयमा ओलीको विरुद्धमा लागेर पछि १० बुँदे सहमति मार्फत पुनः एमालेमा रहेका नेतालाई ओलीले टिकट नदिने बुझिएको छ ।

Skip This