Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


मिस इण्डिया फस्ट रनर अपको जीवन संघर्ष, बुवा अझै टेम्पो चलाउँदै


4k
Shares

एजेन्सी । फेमिना मिस इण्डिया २०२० की फस्ट रनर अप मान्या सिंहले आफूले दुई वर्षसम्म काम नपाएको र आफ्ना बुवाले अझै पनि टेम्पो चलाउने गरेका बताएकी छिन् ।

शनिवारबाट शुरु भएको भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी सो विगबोसको १६ औं सृंखलामा भाग लिने क्रममा उनले कार्यक्रमका प्रस्तोता एवं बलिउड अभिनेता सलमानखानसँग यस्तो बताएकी हुन् ।

उत्तर प्रदेशकी बासिन्दा सिंहले आफूले जीवनमा धेरै आर्थिक संकट व्यहोर्नु परेको समेत बताएकी छिन् । आर्थिक जोहो गर्नका लागि आफ्नो बुवाले अझै पनि टेम्पो अर्थात अटो रिक्सा चलाइरहेका उनले बताएकी छिन । उनले भनेकि छिन –‘मिस इन्डिया बनेपछि मानिसको जीवन परिवर्तन हुन्छ भन्ने लाग्छ, धेरै पैसा पाइन्छ भन्ने लाग्छ तर वास्तविकता यो हो कि मिस इण्डिया उपविजेता बने पनि मैले कुनै काम पाइन ।’ २ वर्षको लामो अन्तरालपछि उनले एउटा कमर्सियल फिल्म पाएकी छिन् । धेरैले मान्यताको कालो रंगलाई लिएर कमेन्ट गर्ने गरेको उनले बताएकी छिन् । आफू मिस इण्डिया फस्ट रनरअप भए पनि आफ्नो जीवनयात्रा पीडादायी रहेको उनको भनाई छ ।

भारतीय संचारमाध्यमका अनुसार पैसा जोगाउनकै लागि उनी कतै जानुपर्दा आफ्नो बुबाको अटोमा यात्रा गर्छिन् । आफ्नी आमाको बारेमा कुरा गर्दै मान्याले आमा अझै पनि लोकल ट्रेनमा यात्रा गर्ने गरेको बताईन् ।

मान्याको जीवन संघर्ष कथा सुनेपछि कार्यक्रम पुतोता सलमान पनि उनीबाट निकै प्रभावित भएका थिए ।

Skip This